Travel eSIM: विदेशमा data, रुपैयाँमै payment
Airport मा SIM खोज्नु पर्दैन, roaming bill पनि छैन। उड्नुअघि किन्नुहोस्, घरमै Wi-Fi मा install गर्नुहोस्, पुगेपछि on गर्नुहोस्।
- देश र चाहिने data छान्नुहोस्।
- अरू order जस्तै eSewa, Khalti, Fonepay वा bank बाट payment गर्नुहोस्।
- Order page को QR scan गर्नुहोस्। दुई मिनेटमै सकिन्छ।
Travel eSIM छिट्टै आउँदैछ
हामी तयारी गर्दैछौँ। कहाँ जाँदै हुनुहुन्छ भन्नुहोस्, हामी खबर गर्छौँ।
हामीलाई सोध्नुहोस्किन्नुअघि
- मेरो phone मा चल्छ?
- iPhone XS/XR पछिका र नयाँ Samsung, Pixel जस्ता phone मा eSIM चल्छ। *#06# dial गर्नुहोस्: EID देखियो भने चल्छ। Phone कुनै carrier मा lock हुनु हुँदैन।
- मेरो Nepal को number रहन्छ?
- हो। eSIM data को लागि दोस्रो line हो; तपाईँको SIM call र OTP का लागि phone मै रहन्छ।
- Validity कहिलेदेखि सुरु हुन्छ?
- प्रायः गन्तव्यमा पहिलो पटक connect भएपछि, किन्दा वा install गर्दा होइन।
- Refund पाइन्छ?
- हामीले eSIM दिन सकेनौँ भने पूरै refund। QR दिइसकेपछि refund हुँदैन, त्यसैले पहिले phone जाँच्नुहोस्।